कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेरटमा राखेर उपचार हुँदैछ : नर्भिक अस्पताल

कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेरटमा राखेर उपचार हुँदैछ : नर्भिक अस्पताल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ।

नर्भिक अस्पतालले विज्ञप्ति जारी गरी नेता जोशीबारे केही सञ्चारमाध्यममा आएका खबर झुटो भएको जानकारी दिएको हो। अहिले भेन्टिलेटरमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस नर्भिक इन्टरनेसनल हस्पिटलमा मस्तिष्काघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।’

अस्पतालका अनुासर गत फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि उनलाई भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्था सुधार भएको थियो। आफैंले सास फेर्न सक्ने भएपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिनै राखिएको थियो।

‘तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं। उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ,’ नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेता जोशीनिकट प्रदीप चापागाईंले पनि सामाजिक सञ्जालमार्फत आधा घण्टाअघि मात्र जानकारी गराएका छन्, ‘नवीन्द्र दाइको अहिले पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरौं।’

Recent Comments

No comments to show.