विदेशी मुद्रा सञ्चिती बढ्यो, माघ मसान्तमा १४ खर्ब २६ अर्ब मौज्दात

विदेशी मुद्रा सञ्चिती बढ्यो, माघ मसान्तमा १४ खर्ब २६ अर्ब मौज्दात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विदेशी मुद्रा सञ्चिती बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार माघ मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको हो ।

२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा रु.१४ खर्ब २६ अर्ब ३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१७४ अर्ब ५३ करोड कायम भएको छ ।

२०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.