शोधनान्तर ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा

शोधनान्तर ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा चालु खाता ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको तथ्यांक अनुसार स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.१०१ अर्ब ९० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई रु.९ अर्ब २ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको थियो ।

Recent Comments

No comments to show.