बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिनाको कैद फैसला

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिनाको कैद फैसला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत। जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए ।

अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए ।

महिलाले बलात्कारको आरोप लगाएपछि शर्मा गत असोजदेखि पुर्पक्षका लागि जिल्ला कारागार सुर्खेतमा थुनामा रहेका थिए । अदातलको फैसलापछि शर्मा थुनामुक्त भएका छन् ।

Recent Comments

No comments to show.