सिद्धबाबालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन दर्ता

सिद्धबाबालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । उच्च सरकारी वकिलको कार्यालयले  धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएको छ ।

निवेदन दर्ता भएसँगै उच्च अदालतले मुद्दाको सक्कल मिसिल पठाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । जिल्लाबाट सक्कल मिसिल आएपछि मुद्दाको सुनुवाई प्रकृया अघि बढ्नेछ ।

गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो ।

पूर्णपाठ सार्वजनिक भएको एक महिनापछि शुक्रबार उच्चमा पुनरावेदन निवेदन दर्ता भएको हो । सामान्यतया फैजदारी मुद्दामा फैसलाको एक महिनाभित्र फैसला लेख्‍न सक्नुपर्छ ।

विसं २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको भनि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । जाहेरीपछि पक्राउ परेका सिद्धबाबाले हिरासतको समय अवधिमा विराट नर्सिङहोममा बसेका थिए ।

तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले २०७६ साल पुस १४ गते तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

Recent Comments

No comments to show.