नुवाकोट । तेह्र वार्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा चारजना युवक पक्राउ परेका छन्।
बिदुर नगरपालिका १० को महविरमा १३ वर्षिय बालिका बलात्कृत भएकी हुन ।
बलात्कृत हुनेमा महविरको १३ वर्षकी माईली तामाङ (नाम परिर्वतन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन् ।
शनिवार राती १२ बजे माईलीकै घरमा पुगेर युवाहरुले बलात्कार गरेको स्थानियले बताएका छन् ।
घटना लगत्तै बालिकालाई त्रिशुली अस्पताल कोलनी लगिएको थियो । उपचारपछि उनी सेफ हाउसमा बसीरहेको नुवाकोटका प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया