त्रिवि शिक्षण अस्पतालमा पहिलाेपल्ट ‘११ महिने बालक’मा कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा पहिलाेपल्ट ‘११ महिने बालक’मा कलेजो प्रत्यारोपण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुर्णिमा मानन्धर काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगंजमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।

डाक्टरका अनुसार काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका हुन् । ती बालकमा जन्मदेखि नै कलेजोमा समस्या थियो । प्रत्यारोपण राति १२ बजे सकिएको थियो । डाक्टर भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो ।

डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । कोभिड १९ संक्रमणको जोखिमका कारण केहि महिना रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको हो ।  

Recent Comments

No comments to show.