आज मिती २०७७ साल चैत ०१ गते आइतबार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल चैत ०१ गते आइतबार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल चैत्र ०१ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,२५ घडी १२ पला, बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तराभाद्रपदा,४८ घडी ४० पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रेवती । योग–शुभ,०२ घडी ५७ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त शुक्ल । करण–बव,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला । चैत्रसंक्रान्ति, चन्द्रोदय, ग्याल्पो लोसार, पञ्चक । 

आजको राशिफल 

मेष 

अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला । 

बृष 

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नुहुनेछ । 

मिथुन 

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला । 

कर्कट 

रमणीय यात्राको योग छ । पूरानो मित्रसँगको भेटले मन प्रसन्न हुनेछ । खानपानले स्वास्थ्य गढबढ हुन सक्छ । खर्च बढे पनि आम्दानी घट्ने छैन । वित्तीय क्षेत्रबाट सहयोग प्राप्त होला । 

सिंह 

धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। 

कन्या 

नयाँ कामको प्रस्ताव आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव बढ्नेछ । माता पितासँगको सम्बन्धमा सुधार हुँदै जानेछ । विशिष्ठ व्यक्तिको साथ सहयोग रहनेछ । 

तुला 

आर्थिक पक्ष कमजोर बन्नेछ । यात्राअघि साबधानी अपनाउनु होला । नयाँ कामलाई गोप्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ । सन्तानको प्रगतीले मन प्रफुल्लित बनाउँछ । 

बृश्चिक 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ । 

धनु 

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । 

मकर 

सुधारोन्मुख हुँदै गरेको स्वास्थ्य तामसी बिगार्न सक्छ । खानपिनमा ध्यान दिनुहोला । खर्च अनुरूपको आम्दानी नहुँदा मानसिक चिन्ता बढ्न सक्छ । प्रेम सम्बन्ध ठीकै हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । 

कुम्भ 

साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला । 

मीन 

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

तपार्ईँको दिन शुभ रहोस् । 

 

Recent Comments

No comments to show.