सांकेतिक भाषामा ट्राफिक नियमको जानकारी

सांकेतिक भाषामा ट्राफिक नियमको जानकारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ ।

सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा सांकेतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर चन्दले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा रहेका विभिन्न विद्यालयमा गएर ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना जोगाउँदा सबैलाई जानकारी हुने भएपछि यो कार्यक्रम गरिएको चन्दले जानकारी दिए ।

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न विद्यालय तथा सार्वजनिकस्थलमा उक्त कार्यक्रम गर्दै आएको थियो भने यस पछि अब सिमकोट गाउँपालिका–७ को डाँडाफयामा रहेका विद्यालयमा ट्राफिक कार्यक्रम सञ्चालन गरिने भएको बताइएको छ । 

Recent Comments

No comments to show.