नेपालमा पहिलाेपटक युरेनियमसहित ४ जना पक्राउ, साढे २ किलो युरेनियम बरामद

नेपालमा पहिलाेपटक युरेनियमसहित ४ जना पक्राउ, साढे २ किलो युरेनियम बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको हो। 

यति ठूलो परिमाणमा नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालका अनुसार युरेनियम –२३८ सँगै ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा रामेछाप लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ र जानुका तामाङ, रामेछाप बाजगोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशीका २० वर्षीय मनोज न्यौपाने रहेका छन्। 

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको एआईजी पालले बताए । 

जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। 

१० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ। 

पक्राउ परेकाहरु लाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.