काठमाडौं । लेखक गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ फागुन २४ देखि बजारमा आएको छ ।
‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो ।
उपन्यास प्रेम, आशक्ति र अध्यात्मको विषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् ।
यसअघि गोपीका नाटकका चार, कविताका तीन र बालकथाको एक गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् ।
विगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नवीनता पाइन्छ ।
४३२ पृष्ठ रहेको उपन्यासको मूल्य ५९५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया