हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस नेपालमा, यस्ता छन् विशेषता

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस नेपालमा, यस्ता छन् विशेषता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको छ ।

हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लस  भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन्  १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटीभिटी टेक्नोलजि जसको ८३पीएस /६००० आरपीयमको सर्वाधिक पावर रहेको छ  भने  १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटीभिटी  टेक्नोलोजि जसको सर्वाधिक पावर १६० पीएस/ ६००० आरपीयमको रहको छ । 

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यू बजारमा एकदमै रुचाएको गाडी रहेको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर,  इलेक्ट्रीक सन रुफ, आकर्षक कोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु-सज्जित छ । 

यसको R15 डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू  १.२ एसप्लसमा  बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल  इफेकट भएको एलइडी डिआरएल लाइट विशेष रहेको छ ।

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न सकिने छ ।  

उत्कृष्ट यात्राको अनुभवका लागि हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लसमा  छुट्टा छुट्टै नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी, म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लसलाई  एउटा सुरक्षित यात्राको सहयात्री बनाएको छ । 

हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू १.२ एसप्लस थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज  कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ। 

यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एसप्लसको  ४४ लाख ५६ हजार र हुन्डाई भेन्यू आईएमटीको ४४ लाख ९६ हजार रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्यमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि करौडौ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ । 

Recent Comments

No comments to show.