काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि आज नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिने भएको छ ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि साइनबोर्ड परिवर्तन गर्न थालिएको छ ।
एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो ।
तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।
प्रतिक्रिया