११ महिनामा ३३ अर्ब बढीको वैदेशिक लगानी नेपाल भित्रियो, जलविद्युतमा क्षेत्रमा भने लगानी शून्य

११ महिनामा ३३ अर्ब बढीको वैदेशिक लगानी नेपाल भित्रियो, जलविद्युतमा क्षेत्रमा भने लगानी शून्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो ११ महिनामा ३३ अर्बभन्दा  बढीको वैदेशिक लगानी नेपालले स्वीकृत गरेको छ । 

चालु आवको हालसम्म उद्योग विभागले ३३ अर्ब १९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो । 

यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

यस विचका लगानीमा पर्यटन र सेवा क्षेत्रमा सबैभन्दा धेरै आर्कषण बढेको विभागको तथ्यांकले देखाउछ ।

पर्यटन र सेवा क्षेत्रमा आर्कषण बढ्यो

विभागको तथ्यांक अनुसार यस समयमा पर्यटन र सेवा क्षेत्रमा मात्रै १ सय ४८ वटा उद्योग दर्ता भएका छन् । जसमा पर्यटन क्षेत्रमा ९३ वटा र सेवामा ५५ वटा उद्योग रहेका छन् ।

कुल लगानीको आधाभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा मात्रै आएको छ । पर्यटन क्षेत्रमा ९३ वटा उद्योगमा १७ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरैको लगानी प्रतिवद्धता आएको छ । जसमा २ हजार ४ सय २१ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

त्यस्तै, सेवा क्षेत्रको ५५ वटा उद्योगमा ९ अर्ब ७० करोडको लगानी प्रतिवद्धता आएको छ । जसमा २ हजार ४ सय ३६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

जलविद्युतमा शुन्य

विभागको तथ्यांक अनुसार गएको ११ महिनामा जलविद्युतमा भने कुनै प्रकारको उद्यमोग दर्ता भएको छैन् । दर्ता भएको उद्योगमा १ देखाएपनि त्यसमा अन्य कुनैपनि विवरण उल्लेख भएको छैन् ।

विभागको तथ्यांक अनुसार यस विचमा निर्माण क्षेत्रमा १५ वटा उद्योग दर्ता भएको छ । जसमा २ अर्ब ६८ करोडको लगानी रहेको छ भने २ सय ३९ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

सूचना तथा प्रविधि सम्बन्धी १० उद्योग यस समयमा दर्ता भएको उद्योग विभागको तथ्यांकले देखाउछ । जसमा २ सय ९४ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने कुल लगानी ३ अर्ब १५ करोडको लगानी रहेको छ ।

११ महिनामा कृषी क्षेत्रमा जम्मा दुईवटा उद्योग दर्ता भएका छन् । जसमा १०३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने, कुल ३७ करोड ९ लाखको कुल लगानी रहेको छ ।

Recent Comments

No comments to show.