नेपाल हाइड्रो डेभलपरद्वारा लाभांश घोषणा, बोनस कति ?

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांश घोषणा, बोनस कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले यस आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनस प्रस्ताव गरेकोमा साधारणसभा समेत हुन नसकेको र बुक क्लोज समेत नभएकोले सो समेत जोडेर १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ । 

कम्पनीले चैत्र १७ गते एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ ।  साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:


Recent Comments

No comments to show.