इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि, कुन गन्तव्यको कति ?

इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि, कुन गन्तव्यको कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। 

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो । 

संघका अनुसार सबैभन्दा बढी २२० रुपैयाँ र न्यूनतम २० रुपैयाँले भाडा बढेको छ। हवाइ भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ । 

संघको विवरण अनुसार अधिकतम सरचार्ज वृद्धि हुने रुट काठमाडौं धनगढी छ। यो रुटको सरचार्ज २२० रुपैयाँले वृद्धि भएको छ। यसैगरी न्यूनतम सरचार्ज वृद्धि भएको रुट अन्तर्गत डोटी–साँफेबगर रहेको छ । 

हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुनेछ ।

संघले बढाएको विभिन्न गन्तव्यको यस्तो छ भाडादर

  

Recent Comments

No comments to show.