जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब, प्रतिव्यक्ति आय ११३४ डलर

जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब, प्रतिव्यक्ति आय ११३४ डलर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको कुल वार्षिक उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । 

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । 

गत आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर नकारात्मक रहेको तथ्यांक सार्वजनिक भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको आर्थिक बृद्धिदर १.९ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले गत आर्थिक वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक बृद्धिदर ४.६ प्रतिशतले संकुचन आएको विभागको भनाई छ । 

यस्तै, विगत १० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि भएको छ । मध्यवर्ति उपभोगमा ३५.४२, कुल ग्राहस्थ उत्पादनमा १४.०७ वृद्धि भएको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार नेपालीको औसत वार्षिक आय ११ सय ३४ अमेरिकी डलर कायम भएको छ ।

Recent Comments

No comments to show.