कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान, एक भारतीयको मृत्‍यु

कञ्चनपुरको बेलौरीमा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान, एक भारतीयको मृत्‍यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर ।  कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । 

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। 

४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि एक्कासी गोली चलाएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि एक्कासी तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिङका क्रममा भारतीय नागरिकको मृत्यु भएको हो । 

गोली हानाहान हुँदा गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएका छन्। । 

प्रहरीको गोली लागेर मृत्‍यु भएका भारतीय नागरिक  उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह रहेको खुलेको छ। 

प्रहरीले उनको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको गरेको जनाएको छ।

Recent Comments

No comments to show.