३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा

३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका ३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले देशभरका ३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँच पुगेको जानकारी गराएका हुन् ।

खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्रमा पनि इन्टरनेटको पहुँच पुगेको बताए ।

सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको बताए ।

Recent Comments

No comments to show.