किसान आन्दोलनबारे चुप लाग्दा अजय देवगनमाथि खनिए युवा

किसान आन्दोलनबारे चुप लाग्दा अजय देवगनमाथि खनिए युवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतमा किसान आन्दोलन लामो समयदेखि रोकिएको छैन। वर्तमान कानुनको विरोधमा आन्दोदनरत किसानहरूलाई सरकारले अरूको इसारामा चलेको दाबी गरेको छ।

 किसानको आन्दोलनलाई लिएर भारतमा मात्र नभएर विश्वभर चर्चा छ। यो विषयमा विश्वका थुप्रै सेलिब्रेटीले आवाज उठाएका छन्। तर, कतिपय भारतीय सेलिब्रेटी भने मौन देखिएका छन्। त्यसरी मौन बसेकामध्ये एक हुन्- अभिनेता अजय देवगन।

 किसान आन्दोलन राम्रो वा नराम्रो भन्‍नेबारे अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्। यसरी मौन बसिरहेका अजयलाई भने ठूलै आपत् परेको छ। सडकमा गइरहेका उनको कार रोकेर एक युवाले प्रश्‍न नै गरेका छन्। हिजो बिहान गोरेगाउँमा फिल्म सिटीबाहिर अजयको कारलाई रोकेर उनलाई २८ वर्षीय राजदीप रमेश सिंहले अजयमाथि असन्तुष्टि व्यक्त गरेका हुन्।

 सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्, “तिमी पञ्‍जावविरुद्ध छौं, तिमी किसानको विरुद्धमा छौं, आखिर तिमीलाई खाना कसरी पच्छ? थोरै त लाज राख।”

उनले करिब १५ मिनेट रोकेर असन्तुष्टि पोखेका थिए। उक्त घटनापछि प्रहरीले उनलाई पक्राउ गरेको छ। अजयका अंगरक्षक इन्द्रसेन गौतमले प्रहरीलाई जानकारी दिएपछि सिंहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सिंहलाई गलत तरिकाले रोकेको, शान्ति भंग गरेको, जानी-जानी अपमान गरेको र आपराधिक धम्कीको आरोप लगाइएको वरिष्ठ इन्स्पेक्टर धर्मेन्द्र कांबलेले जानकारी दिए।

 अजय देवगन चलचित्र गंगूबाई काठियावाडीको छायांकनका लागि गइरहेका थिए। सञ्‍जय लिला भन्सालीको यो चलचित्रमा आलिया भट्ट र अजय मुख्य भूमिकामा छन्। यो चलचित्र ३० जुलाई २०२१ मा प्रदर्शनमा आउनेछ।

Recent Comments

No comments to show.