कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने

कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  संसद सचिवालयले बुधबारदेखि संघीय संसदका दुवै सदनका सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ। 

खोप लगाएकाले मात्र संसद भवनमा प्रवेश पाउने पनि सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सांसदहरूलाई बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए।​

सांसद्सँगै संसद सचिवालयका कर्मचारी, मर्यादापालक (सुरक्षाकर्मी) र सांसद तथा मन्त्रीका अंगरक्षकसहित करिब एक हजार जनालाई खोप लगाइनेछ।

खोप लगाउने व्यवस्था संसद भवन नजिककै रहेको नेपाल निजामती अस्पतालमा मिलाइएको छ। खोप लगाएकालाई मात्रै प्रवेश दिइने भन्दै सचिवालयले सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई तोकिएको खोप केन्द्रमा पुगी खोप लगाउन अनुरोध गरेको छ।

सचिवालयका अनुसार अधिकांश सांसद ५५ वर्ष माथिका छन्। सरकारले ५५ वर्ष माथिका सर्वसाधारणलाई फागुन २३ गतेबाट खोप लगाउने व्यवस्था पनि गरिसकेको छ।                                              

Recent Comments

No comments to show.