१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘ङ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो ऋणपत्रमा फागुन १८ गते मंगलबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

जसअनुसार २०७७ फागुन १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ फागुन १९ गते परिपक्व हुनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।

ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ। ब्याजदर भने बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसअघि पनि राष्ट्र बैंकले १० अर्बको ऋणपत्र विक्रीमा ल्याएको थियो ।

Recent Comments

No comments to show.