संविधान विपरित कार्य गर्नेहरु देशका शत्रु हुन् : पूर्व राजा ज्ञानेन्द्र शाह

संविधान विपरित कार्य गर्नेहरु देशका शत्रु हुन् : पूर्व राजा ज्ञानेन्द्र शाह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। पछिल्लो समय देशको राजनीतिक अवस्था र राजनैतिक दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको मर्म र हित विपरित कार्य गर्नेहरु देशका शत्रु रहेको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्,’ आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन् ।’

त्यस्तै, पूर्वराजाले अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य नहुने पनि उल्लेख गरेका छन् ।

Recent Comments

No comments to show.