२९ प्रतिशत लाभांश पारित गर्न शिखरले बोलायो साधारणसभा

२९ प्रतिशत लाभांश पारित गर्न शिखरले बोलायो साधारणसभा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद प्रस्ताव गरेको छ  । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सो लाभांश पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न र हकप्रद निष्काशन प्रस्ताव पारित गर्न कम्पनीले चैत्र ९ गते सोमबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १५ औ र १६ औ सभा आह्वान गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।  त्यस्तै सभामा कम्पनीको अधिकृत पुँजी ४ अर्ब पुर्याउने, संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले सभामा २ जना संचालकको निर्वाचन पनि गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले ८ महिना आगाडी मात्र ३० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । 

Recent Comments

No comments to show.