आज मिती २०७७ साल फाल्गुन १४ गते शुक्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन १४ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अश्लेषा,१४ घडी ०३ पला,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त मघा । योग–अतिगण्ड,४० घडी ३४ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त सुकर्मा । करण– वणिज,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३९ पला । पशुपतिनाथको छायाँ दर्शन, पूर्णिमाव्रत । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ वस्तुले प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । कृषिको काममा लाभ हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नया काममा जिम्मेवारी थपिनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरसामान हराउन सक्नेछ । मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दामी हुनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कला क्षमतामा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  खुसीको खबर मिल्नेछ । सरकारी काम पुरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । व्यावसायिक काममा बाधा पर्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ ।नया यात्राको अनुभव मिल्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।