सरकारलाई झण्डै १५ खर्ब ऋण, एक नेपालीको भागमा ४९ हजार

सरकारलाई झण्डै १५ खर्ब ऋण, एक नेपालीको भागमा ४९ हजार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार चालू आवको पुससम्ममा सरकारको ऋण २१६ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

१५ खर्ब ६ अर्ब रुपैयाँ ऋणमध्ये ८ खर्ब ४२ अर्ब ५९ करोड रुपैयाँ बाह्य (विदेशी) ऋण र ६ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको हो ।

सरकारले पुस मसान्तसम्ममा ऋणको साँवा र ब्याजसमेत गरी कुल ३० अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा आन्तरिकतर्फ ६ अर्ब साँवा र १३ अर्ब ९६ करोड ब्याज सहित १९ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ ।

सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।

सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ ।

सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको पाईन्छ ।

एक नेपालीको थाप्लोमा ४९ रुपैयाँ ऋण

नेपालको कुल सार्वजनिक ऋणलाई नेपालको विहिबारसम्मको अनुमानित कुल संख्याले भाग गर्ने हो भने एक नेपालको थाप्लोमा एक नेपाली बराबर ४९ हजार ८०३ रुपैयाँ ऋण पर्न जान्छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या ३ करोड २ लाख ५५ हजार २१६ छ ।

यद्यपी सरकारले ऋणको आकार घटाउने प्रयास भने गरिरहेको छ । पछिल्लो समय कोरोना भाइरसका कारणले गर्दा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको थियो ।

Recent Comments

No comments to show.