दोहोरो अंकले बढ्यो नेप्से, धेरै गुमाउनेमा ‘निफ्रा’का लगानीकर्ता

दोहोरो अंकले बढ्यो नेप्से, धेरै गुमाउनेमा ‘निफ्रा’का लगानीकर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १२.४६ अंकले घटेर २५९९.०७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०४ कम्पनीको ६ अर्ब ७० करोड १५८ लाख ७२ हजार ४७२ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने २ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २०४कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको सेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च सेयरमूलय बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् ।

कम्पनी मध्ये दुई सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले सेयरमूल्य बढेको छ ।

यस दिन बैंकिङ १५, ब्यापार १.६५, होटल ४६, विकास बैंक १८, फाइनान्स ५, निर्जीवन बीमा १८४, माइक्रोफाइनान्स २२, जीवन बीमा १८० र उत्पादन समूह ५४ अंकले बढेका छन्। जलविद्युत २२ र अन्य समूह १० अंकले ओर्लिएका छन्।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घट्यो सो कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँमा झरेको छ। निफ्राको सेयर कारोबारमा केही घण्टा समस्या उत्पन्न भएको थियो।

Recent Comments

No comments to show.