प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृत्ति अन्त्य भयो : बाबुराम

प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृत्ति अन्त्य भयो : बाबुराम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

उपचारका लागि भारतको दिल्लीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले अदालतको फैसला सुन्दा आफ्नो रोग नै हराए जस्तो भएको बताएका छन् ।

‘कस्तो सुखद् संयोग अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेको छन्, ‘हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झै भयो ।’

गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्चले आज पुनर्स्थापना गरेको हो ।

Recent Comments

No comments to show.