कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्छ : देउवा

कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्छ : देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्। 

मंगलबार समाजिक संजाल ट्विटरमा ट्विट गर्दै देउवाले

कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्ने बताएका हुन्। 

आफूले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको र अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको उनको दावी छ। 

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ’, देउवाले ट्विटरमा लेखेका छन्।

Recent Comments

No comments to show.