तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २०५ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशत घटेको छ ।

कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो।

त्यसपछि नविल, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडि रहे। परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ।

Recent Comments

No comments to show.