आज मिती २०७७ साल फाल्गुन ११ गते मंगलबार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल फाल्गुन ११ गते मंगलबार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन ११ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–एकादशी,२२ घडी ११ पला, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्र्रा,०९ घडी १० पला,बिहान १० बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग–आयुष्मान,५० घडी १५ पला,रातको ०२ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २७ पला । भीमा एकादशी व्रत । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ योजना बन्नेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक एवं धार्मिककाममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । सामााजिक काममा सफलता पाइनेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सानो तिनो विवाद हुनेछ । राजनीतिक काममा चर्चा हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)   व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  अध्ययनले प्रगति पाउनेछ । आम्दामीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ । 

तपार्ईँको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.