सात दिनभित्र कोरोना बीमितको सही विवरण पठाउन मन्त्रालयको निर्देशन

सात दिनभित्र कोरोना बीमितको सही विवरण पठाउन मन्त्रालयको निर्देशन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको सही विवरण सात दिनभित्र पठाउन  कोरोना परीक्षण अनुमति पाएका प्रयोगशालालाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सूचना जारी जारी गर्दै कोरोना बीमा दाबी प्रमाणीकरण क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएकाले सात दिनभित्र सही विवरण पठाउन मन्त्रालयले प्रयोगशालालाई निर्देशन दिएको हो ।

मन्त्रालयले तोकिएबमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने चेतावनी दिएको छ।

नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित समिति र स्वास्थ्य मन्त्रालयले १८ हजार विवरण प्राप्त भएको र १५ हजार भन्दा बढी विवरण प्रमाणीकरण भएको पनि जनाएको छ ।

Recent Comments

No comments to show.