शेयर कारोबारका लागि अनलाइन लिनेकोे संख्या साढे ५ लाख नाघ्यो,कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

शेयर कारोबारका लागि अनलाइन लिनेकोे संख्या साढे ५ लाख नाघ्यो,कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा आए पश्चात् सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ। 

प्रयोगमा आएको दुईवर्षमा अनलाइन प्रणाली (टीएमएस) प्रति लगानीकर्ताको आकर्षण देखिन थालेको हो । 

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार  अनुसार फागुन ९ गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेको छ । 

नेप्सेका अनुसार अहिले शेयर बजारमा ६८.३६ प्रतिशत अर्थात ३ लाख ७६ हजार २ सय ६१ जना सक्रिय लगानीकर्ता रहेका छन् । 

यी मध्ये १ लाख ९५ हजार ९ सय ८९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ । 

पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् भने डिम्याट खाताको संख्या नै झण्डै २८ लाख पुगिसकेको छ । 

लकडाउनपछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको हो । 

कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ? 

अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज रहेको छ । नासाले हालसम्म ३६ हजार ३ सय २७ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ । 

त्यस्तै १० हजार भन्दा बढी युजर नेम र पासवर्ड दिने ब्रोकरमा सानी सेक्युरिटिज (२६ हजार १ जना), दिपशिखा (१६ हजार ४ सय २२ जना) आर्यतारा (१६ हजार २ सय ३२ जना, मिदास (१६ हजार ६७ जना), भिजन (१५ हजार ९ सय ५५ जना), इम्पिरियल (१५ हजार २ सय १ जना), अनलाइन सेक्युरिटिज (१४ हजार ९ सय २६ जना), लिन्च स्टक (१२ हजार ९ सय ३५ जना), ४ सुन्धार सेक्युरिटिज (११ हजार ३ सय ८२ जना) रहेका छन् । 

सगरमाथा सेक्युरिटिजले भने सबै भन्दा कम अर्थात् ५ सय ९३ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ । १ हजार भन्दा कम लगानीकर्तालाई युजर नेम र पासवर्ड दिने सगरमाथा सेक्युरिटिज मात्र हो । पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । 

ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् । 

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् । 

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको थियो । यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो । 

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् । 

यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ । 

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् । 

पूर्वअर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए । पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

Recent Comments

No comments to show.