निर्वाचनको तयारीमा जुटेका छौं, आन्दोलनमा मानवअधिकारको सिद्धान्त पालनामा प्रहरी चुक्दैनः प्रहरी प्रवक्ता (भिडियो अन्तर्वार्ता)

निर्वाचनको तयारीमा जुटेका छौं, आन्दोलनमा मानवअधिकारको सिद्धान्त पालनामा प्रहरी चुक्दैनः प्रहरी प्रवक्ता (भिडियो अन्तर्वार्ता)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले आफुहरु निर्वाचनको तयारीमा जुटेको स्पष्ट पारेको छ । उसले बैशाखमा दुई चरणमा निर्वाचन घोषणाभएसँगै गृहमन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार निर्वाचन सुरक्षा, यसका सम्भावित चुनौतीका साथै आवश्यक साधनस्रोतको व्यवस्थापनमा सक्रिय रहेको नेपाल प्रहरीले जनाएको हो । 

न्युज एजेन्सी नेपालसँगको सक्षिप्त कुराकानीमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बषन्तबहादुर कुँवरले निर्वाचनसँगै देशभर भइरहेका राजनीतिक प्रर्दशनलाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रहरीले हरसम्भव प्रयासगर्ने जानकारी दिए । 

उनले काठमाडौं उपत्यका सहित देशभर भइरहेका र हुने राजनीतिक प्रर्दशनमा प्रहरीले मानवअधिकारको रक्षागर्दै भिड नियन्त्रण र प्रर्दशनलाई शान्तिपूर्ण बनाउने प्रयास गर्ने तथा गरिरहेको बताए । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार बिरुद्धको आन्दोललाई आवेग सहित आक्रमक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै काठमाण्डौ सुरक्षा ब्यबस्था खलबलिने आशंका गरिएको छ । 

अध्यक्ष दाहालले अहिले सम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिब्यक्ति दिए पछि सुरक्षा चुनौती थपिएको छ ।     

Recent Comments

No comments to show.