काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ।
आज बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्।
प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस भएको उल्लेख गरिएको छ ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया