भारतसँग खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो

भारतसँग खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतसँग खरिद गरिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ ।

सरकारले  सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १० लाख डोज (मात्रा) को पहिलो खोप ल्याइएको बताए । दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप काठमाडौं ल्याइएको हो ।

सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

एयर इन्डियाको उडानमार्फत खोप ल्याइएको हो । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।

२३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

Recent Comments

No comments to show.