रामचन्द्र पौडेल: नेपाली कांग्रेसका वरिष्ठ नेता भन्छन्, ‘कतै सर्वोच्चसँग सभापति देउवाको सेटिङ त हैन’?

रामचन्द्र पौडेल: नेपाली कांग्रेसका वरिष्ठ नेता भन्छन्, ‘कतै सर्वोच्चसँग सभापति देउवाको सेटिङ त हैन’?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने बेला आएको वताएका छन् । 

नेपाली कांग्रेस सुनसरीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अदालतलाई खबरदारी गर्नैपर्ने बेला आएको वताएका हुन ।                                   

उनले सभापति शेरबहादुर देउवाको संसद विघटनसम्बन्धी भनाइमाथि प्रश्न गर्दै कतै सर्वोच्चसँग सभापतिको सेटिङ त हैन भनी आशंका समेत गरेका छन्। 

शनिबारको उक्त भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसदको विघटन सामान्य विषय नभएको उल्लेख गरे 

वरिष्ठ नेता पौडेलले भने ‘अहिले अदालतका बारेमा किन बोल्ने भनिदैछ?  कांग्रेसको इतिहास खोजौँ कहाँ के के भएको छ। हामीले किन नबोल्ने?  हामी त जनता हौँ’, हामी बेखबर बस्न मिल्दैन।  कांग्रेसले अदालतलाई पनि खबरदारी गर्नुपर्छ। अहिले मलाई प्रश्न गर्न मन लागेको छ। अदालतसँग सेटिड हो?  होइन भने किन अदालतले जे गर्छ त्यही हुन्छ भनिदैछ ?’ उनले संसद विघटन सामान्य विषय नभएपनि केपी शर्मा ओलीलाई यसको हिम्मत कसरी आयो?  भनी प्रश्नसमेत गरे। 

कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने उनको भनाइ थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यस कदमलाई असंवैधानिक भन्दै विरोध जनाएको छ। 

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि कांग्रेसमा देउवा र पौडेलबीच आरोप-प्रत्यारोप चल्दै आएको छ ।

Recent Comments

No comments to show.