विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आफू सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी विप्लव समूहका महासचिव विप्लवले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’                                                                         

Recent Comments

No comments to show.