५९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय,१५ जनालाई आममाफीका लागि सिफारिस

५९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय,१५ जनालाई आममाफीका लागि सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा गर्ने भएको छ । साथै १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेको संख्या ५९५ छ । बाँकी सजाय मिनाहा पाएकामध्येका १७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्ता गरिरहेका छन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ ।

सरकारले यसअघि गणतन्त्र दिवस र संविधान दिवसको अवसर पारेर पनि क्रमशः २३३ र २८९ जना कैदीको सजाय मिनाहा गरेको थियो ।

Recent Comments

No comments to show.