महिला लघुवित्तको आइपीओमा माग भन्दा ६२.४९ गुणा बढी आवेदन,कतिले भरे ?

महिला लघुवित्तको आइपीओमा माग भन्दा ६२.४९ गुणा बढी आवेदन,कतिले भरे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ ।

विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओमा १५ लाख १९ हजार १२८ आवेदकले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६२.४९ गुणा बढी हो ।

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्नसक्ने क्यापिटलले जनाएको छ ।

लघुवित्तको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा १४ लाख ७५ हजार बढीले आवेदन दिएका थिए ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारी, ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोष र  ३ लाख ७५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो । लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

Recent Comments

No comments to show.