काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउँदै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी रमेश बस्नेतले बताए।
प्रतिक्रिया