काठमाडौं । महानगरीय अपराध महाशाखा बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ ।
१० महिनासम्म महाशाखाको प्रमुख भएर काम गरेका एसएसपी दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो ।
थापाको कार्यकालमा महाशाखाले ठूला घटनाहरुमा सफलता हात पारेको छ । त्यस्तै पुराना घटनाहरुको पनि सफल अनुसन्धान भएका थिए ।
केही दिनअघि गृह मन्त्रालयकै निर्देशनमा अपराध महाशाखाले नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको थियो। उनको पक्राउको चर्को विरोध र प्रदर्शन भएपछि बेलुकी लिखित बयान लिएर प्रहरीले छोडेको थियो।
प्रतिक्रिया