काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्शकाशन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको आइतबार सम्पन्न तेस्रो वार्षिका साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले नियामक निकाय बीमा समितले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ जारी गर्ने जनाएको छ ।
यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गरेको छ ।
त्यसै गरी उक्त सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी विजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
प्रतिक्रिया