खिम विश्वव्यापी फोटो अवार्ड ‘युरोर्डिस’को फाइनलमा, भोटको अपील

खिम विश्वव्यापी फोटो अवार्ड ‘युरोर्डिस’को फाइनलमा, भोटको अपील

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विश्व फोटोग्राफी प्रतियोगितामा पोखराका फोटोग्राफर खिम लामिछाने ‘काजी’ उत्कृष्ट ५ मा छनोट भएका छन् । 

‘दुर्लभ रोग लागेर जीवन बिताइरहेका व्यक्तिहरुसँग सम्बन्धित जीवनकथाको उजागर’ शीर्षकमा युरोपियन अर्गनाइजेसन फर रेयर डिजिज (युरोडिस)द्वारा आयोजित  प्रतियोगितामा ३० देशका २०७३ फोटो सहभागी थिए । तीमध्ये काजीको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको हो । 

काजीसँगै आइसल्याण्ड, स्लोभाकिया, संयुक्त राज्य अमेरिका र अष्ट्रियाका फोटोग्राफरहरु अन्तिम ५ को प्रतिस्पर्धामा छन् ।              

अमेरिकी फोटो पत्रकार मार्कस ब्लिडेलले प्रतियोगितालाई विशेष सहयोग गरेका छन् । काजीले आफ्ना छोरा अनिमेष लामिछानेको फोटोलाई प्रतियोगितामा सामेल गराएका छन् । अनिमेष पटक पटक सजिलै हाड भाँचिने अष्ट्रियो जेनेसिस इन्पर्फेक्टा (ओआइ) रोगबाट ग्रसित छन् । 

उनको हालसम्म ४० भन्दा बढी पटक हाड भाँचिएको छ । रोग लागे पनि विद्यालय जाने, उनीहरुको इच्छाअनुसारको कार्य गर्न अभिभावकले सहयोग गर्नुपर्ने सन्देश दिने गरी आफूले फोटो खिचेको लामिछानेल बताए । उनको फोटोको शीर्षक IO Can दिइएको छ । 

३१ जनवरीमा सुरु भएको प्रतियोगिताको उत्कृष्ट ५ को घोषणा ११ फेब्रअरीमा गरिएको थियो । २४ फेब्रुअरी २०२१ मा रेयर डिजिज डेको अवसर पारेर विजेता घोषणा गरिने प्रतियोगितामा काजीलाई यो लिङ्कमा गएर भोट गर्न सकिन्छ : 

खिम लामिछानेलाई भोट गर्न यहाँ क्लिक गरेर दोस्रोमा भएको IO Can मा क्लिक गरेर सब्मिट गर्नुहोला ।                                       

Recent Comments

No comments to show.