काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।
फागुन ७ मा सबै वडामा विरोध गर्ने, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने, ९ गते हत्या एवं बलात्कारमा महिलाहरुको विरोध हुनेछ ।
यस्ता छन् समूहले घोषणा गरेका आन्दोलनका कार्यक्रम
फागुन ५ देखि १२सम्म सम्बन्धित प्रदेश समितिको आयोजनामा जिल्लाले विरोध गर्ने
६ गते प्रतिगमन, भ्रष्टाचारविरुद्ध टुडिखेल वरिपरि मानव साङ्लो बनाउने, अपरान्ह ४ देखि पाँच बजे
७ फागुनमा पालिकाको वडा स्तरमा विरोध कार्यक्रम हुने
७ देखि १५ फागुनसम्म सार्वजनिक ठाउँमा हस्ताक्षर संकलन अभियान चलाउने
८ गते कमाठमाडौंमा प्रतिगमनविरुद्ध अन्तरक्रिया कार्यक्रम, यसमा आन्दाेलनरत सबै दलको सहभागिता रहने
९ गते प्रतिगमन र महिला हिंसाका घटनाकाविरुद्ध देशव्यापी विरोधमा कार्यक्रम
१० फागुनमा देशव्यापी दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम
११ फागुन मधेस, थारुसहितको विरोध कार्यक्रम
१२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलाे विरोधसभा
प्रतिक्रिया