काठमाडौंका यी ठाउँमा शनिबार र आइतबार बिजुली जाने

काठमाडौंका यी ठाउँमा शनिबार र आइतबार बिजुली जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा  शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द गरिने भएको छ। 

नेपाल विद्युत प्राधिकरण सूचना जारी गर्दै शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्‍न ठाउँमा बत्ती जाने जनाएको जनाएको हो । 

नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्राधिकरणले सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले काठमाडौँको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्‍न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति बन्द हुनेछ । 

यस्तै गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती हुने छैन् । 

यस्तै कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जानेछ । 

प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौँ उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ । यस क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ । 

कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जानेछ ।                                                                                                                                                

Recent Comments

No comments to show.