काठमाडौं। देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ३० गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०१ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०२ गते (आईतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया