काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ १ रुपैयाँ तिर्नुहोस्, स्वच्छ पानी पिउनुहोस्

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ १ रुपैयाँ तिर्नुहोस्, स्वच्छ पानी पिउनुहोस्

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा  बिहीबार देखि काठमाडौंमा वाटर एटिएम संञ्चालनमा आएको छ ।

बिहीवार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन् ।

पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ ।

खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर एटिएमको उद्घाटन गरे ।

यो वाटर एटिएमलाई ३ महिनासम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिनेछ। यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ।

एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाका सिक्का प्रयोग गर्नुपर्ने छ। काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए।

काठमाडौंमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ।

एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैयाँ रहेको छ।
 
वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?

 पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।

 साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।

 कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।

अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा  धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।

२०० मिलिलिटर शुद्ध पिउने पानी कपा वा बोतलमा झर्ने छ ।  

त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

Recent Comments

No comments to show.