आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २९ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–औशी,४३ घडी ३४ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–श्रवण,१८ घडी ०१ पला,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त धनिष्ठा । योग–वरियान,५२ घडी २४ पला,रातको ०३ बजेर ४४ मिनेट उप्रान्त परिध । करण–चतुष्पद,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त नाग,रातको १२ बजेर १२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४१ पला । दर्शश्राद्ध, हलो तथा निशी बार्ने, आर्यघाटमा माधवनारायणमेला, नवलपरासी त्रिवेणीमेला, धनिष्टा पञ्चक प्रारम्भ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम अधुरो हुुनेछ । स्वास्थ्यले बाधा दिनेछ । अपमानको भय रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसायिक यात्रा हुनेछ । प्रेममा प्रगति हुनेछ । यात्राको सुख मिल्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
रोजगारीको योग बन्नेछ । खेलकुदममा प्रगति हुनेछ । मुद्दामामिलामा सहजता आउनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
संगीतमा प्रगति मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तती सुख बढ्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
महिलावर्ग संग विरोध हुनेछ । कामको बोझ थपिनेछ । पारिवारिक विवाद पर्नेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
जोस जागरले काम छिटो बन्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बाेली बचनले राम्रो प्रभाव पार्नेछ । धनको जोहो हुनेछ । कुटुम्ब सहयोग मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनोरन्जनमा समय वित्नेछ । अरुको लागि खर्च हुनेछ । दौडधुपमा दिन बित्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
यात्रामा सास्ती मिल्नेछ । अनावश्यक खर्च हुनेछ । गुप्त शत्रुले काम बिगार्नेछन् ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धनको वृद्धि हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । सुख शयलमा मन जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक रुचि बढ्नेछ । परोपकारमा मन जानेछ । वैदेशिकफाइदा आउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रोजगारीमा खुसि मिल्नेछ । सरकारी क्षेत्रमा फाइदा हुनेछ ।काममा प्रशंसा मिल्नेछ ।
प्रतिक्रिया