आज मिती २०७७ साल माघ २८ गते बुधबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ २८ गते बुधबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ४९ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराषाढा,१८ घडी १४ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त श्रवण । योग–सिद्धि,०१ घडी ०० पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा,दिउसो ०१ बजेर ०९ मिनेट उप्रान्त शकुनि,रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा । 

आजको राशीफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  

रोजगारीमा खुसि मिल्नेछ । सरकारी क्षेत्रमा फाइदा हुनेछ ।काममा प्रशंसा मिल्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

धार्मिक रुचि बढ्नेछ । परोपकारमा मन जानेछ । वैदेशिकफाइदा आउनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

काम अधुरो हुुनेछ । स्वास्थ्यले बाधा दिनेछ । अपमानको भय रहनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

व्यवसायिक यात्रा हुनेछ । प्रेममा प्रगति हुनेछ । यात्राको सुख मिल्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

रोजगारीको योग बन्नेछ । खेलकुदममा प्रगति हुनेछ । मुद्दामामिलामा सहजता आउनेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

संगीतमा प्रगति मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तती सुख बढ्नेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

महिलावर्ग संग विरोध हुनेछ । कामको बोझ थपिनेछ । पारिवारिक विवाद पर्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) जोस जागरले काम छिटो बन्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

बाेली बचनले राम्रो प्रभाव पार्नेछ । धनको जोहो हुनेछ । कुटुम्ब सहयोग मिल्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मनोरन्जनमा समय वित्नेछ । अरुको लागि खर्च हुनेछ । दौडधुपमा दिन बित्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

यात्रामा सास्ती मिल्नेछ । अनावश्यक खर्च हुनेछ । गुप्त शत्रुले काम बिगार्नेछन् । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

धनको वृद्धि हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । सुख शयलमा मन जानेछ ।

Recent Comments

No comments to show.